मुस्ताङकाे हिमपहिराेले दुई परिवारको चौरी गोठ पुर्‍याे, १५० चौरीगाई बेपत्ता

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २८, आईतबार मा प्रकाशित ४०७ पटक पढिएको

मुस्ताङकाे हिमपहिराेले दुई परिवारको चौरी गोठ पुर्‍याे, १५० चौरीगाई बेपत्ता

कात्तिक २८, मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा पर्ने टुकुचे हिमालमा हिमपहीरो जाँदा १५० भन्दा धेरै चौरीगाई हराएका छन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार थासाङ गाउँपालिका कोबाङ माथि पर्ने टुचुके पिकबाट हिमपहिरो खस्दा १ सय ५० भन्दा बढी चौरीगाई हराएका हुन्।

प्रजिअ शर्माका अनुसार अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन।

जनआदर्श माध्यमिक विद्यालय कोवाङका एक जना शिक्षक र ८ विद्यार्थी गरी ९ जना सामान्य घाइते भएको प्रजिअ शर्माकाे भनाइ छ।

थासाङ गाउँपालिका– २ का अध्यक्ष नरप्रसाद हिराचनकाअनुसार दुई परिवारको चौरी गोठ पहिरोले पुरेको छ ।


प्रतिक्रिया दिनुहोस