देउवाको गृहजिल्लामा काँग्रेसको नयाँ नेतृत्व : भीमबहादुर साउद बने सभापति

नौलो समाचार संवाददाता
२०७८ मंसिर ७, मंगलबार मा प्रकाशित ४०८ पटक पढिएको

देउवाको गृहजिल्लामा काँग्रेसको नयाँ नेतृत्व : भीमबहादुर साउद बने सभापति

मंसिर ७, काठमाडौं। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ । सोमबार भएको काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेशनबाट ७३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित हुनुभएको हो।

परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पुरै प्यानल नै विजयी भएको छ। साउदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६५८ मतले पराजित गरेका हुन् । यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी हुनुभएको छ।

उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

निवर्तमान सभापति कर्ण मल्ल समूहले भने क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै अधिवेशन प्रक्रिया बहिस्कार गरेको थियो । डडेल्धुरामा पुन:निर्वाचन हुनुपर्ने माग राखेर मल्ल समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ ।

सोमबार मल्ल पक्षले जिल्ला अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस