काभ्रे काँग्रेस अधिवेशनः तीर्थ लामा टिमको उम्मेदवार फाइनल

नौलो समाचार संवाददाता
२०७८ मंसिर ९, बिहिबार मा प्रकाशित १०८१ पटक पढिएको
काभ्रे काँग्रेस अधिवेशनः तीर्थ लामा टिमको उम्मेदवार फाइनल

मंसिर ९ काभ्रे। नेपाली काँग्रेस काभ्रेको अधिवेशनको सन्दर्भमा शिव हुमागाईं प्यानलले आफ्नो टिमलाई पूर्णता दिएको छ।

नेपाली काँग्रेस काभ्रेको अधिवेशनको पूर्व सन्ध्यामा शिव हुमागाईं प्यानलले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो पूर्ण टिम सार्वजनिक गरेको हो।

आज साँझ धुलिखेलस्थित होटल हिमालयन होराइजनमा आयोजित पत्रकार सम्मेलन मार्फत शिव प्यानलले आफ्नो जिल्ला कार्यसमितिको उम्मेदवार फाइनल गरेको हो।

जसमा सभापतिमा तीर्थ लामा, उपसभापतिमा रमेश हुमागाई रहनुभएको छ। सचिबमा माधव ढकाल, सहसचिबमा समिर ब्याञ्जु र रविन्द्र सिग्देल रहनु भएको छ।

शिव प्यानलले सबै सदस्यहरुको उम्मेदवार पनि घोषणा गरेको छ। सदस्यहरुमा दीपेन्द्र पौडेल, जुल्कु लामा, बलराम कोइराला, बिश्व सापकोटा, दुर्गा प्रसाद अधिकारि, कृष्ण बहादुर लामा, चित्र बहादुर गोले, सन्तोष गौतम, तारा आचार्य, मन्जु घिमिरे, सलाम सिंह लामा रहनुभएको छ ।

अधिवेशन भोली बिहान ७ बजेदेखि बनेपामा सुरु हुनेछ। जिल्लामा २५ सय ४४ जना प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस