काभ्रे कांग्रेसमा तिर्थ लामाको शसक्त टिम, ‘भ्रमको पछि नलाग्नुस्, तिर्थको टिमबाहेक कसैलाई सहयोग गर्दिन’ : शिव हुमागाई

नौलो समाचार संवाददाता
२०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित ७४८ पटक पढिएको
काभ्रे कांग्रेसमा तिर्थ लामाको शसक्त टिम, ‘भ्रमको पछि नलाग्नुस्, तिर्थको टिमबाहेक कसैलाई सहयोग गर्दिन’ : शिव हुमागाई

मंसिर १०, काभ्रे। नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आठौं जिल्ला अधिवेशनको लागि सभापति पदका उम्मेदवार तिर्थ लामाले शसक्त टिम घोषणा गर्नुभएको छ।

कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले नेतृत्व गरेको उक्त समूहले सबै भेग समेटेर बौद्धिक, पार्टीमा योगदान गरेका इमान्दार कार्यकर्तालाई उम्मेदवार बनाएको हो ।

२०७० सालको निर्वाचनमा कम्युनिष्टको गढ मानिने क्षेत्रमा कांग्रेसलाई विजय गराउनुभएको लामा संविधानसभा सदस्य रहनुभएको छ। प्रतिनिधीसभा क्षेत्र नं १ का निवर्तमान सभापतिउहाँ कांग्रेसका सबै पुस्तासंग उत्तिकै घुलमिल र परिचित रहनुभएको छ। कम्युनिष्टलाई टक्कर दिन सक्ने नेता लामाको उम्मेदवारीले काभ्रे कांग्रेसमा उत्साह छाएको छ ।

दुई उपसभापतिमा सो समूहबाट ठाकूरप्रसाद न्यौपाने र रमेश हुमागाई उम्मेदवार बन्नु भएको छ। २०४९ सालमा साबिक जैशीथोक गाविस अध्यक्ष निर्वाचित न्यौपाने पार्टीको जिल्ला सदस्य हुंदै ३० बर्षदेखि महासमिति सदस्य भएर काम गरिस सक्नुभएको छ। वरिष्ठ अधिवक्ता रहनुभएका न्यौपानेलाई शसक्त उम्मेदवार मानिएको छ । उपसभापति पदमा प्रतिनिधीसभा क्षेत्र नं १ का निवर्तमान सहसभापति, प्रदेश सभा १ (ख) का सभापति रमेशप्रसाद हुमागाई रहनुभएको छ। साविक काभ्रे नित्यचण्डेश्वरी गाउँ कार्यसमितिको सचिवबाट राजनीति शुरुगर्नुभएका अधिवक्ता हुमागाई नेपाल बार एशोशिएसन काभ्रेका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। १० बर्ष क्षेत्रीय सभापति  रहनुभएका उहाँले काभ्रेका गाउँ गाउँमा आफ्नो परिचय बनाउनु भएको छ।

दुई सचिव पदमा माधव ढकाल र गुणराज मोक्तान उम्मेदवार छन्। विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीति शुरु गर्नुभएका गुणराज मोक्तान प्रतिनिधी सभा क्षेत्र नं १ का निवर्तमान सचिव हुनुहुन्छ। पार्टीको तल्लो तहमा बसेर काम गर्नुभएका बौद्धिक व्यक्तित्व लामा सामाजिक काममार्फत जिल्लाभर नै परिचित रहनुभएको छ। यस्तै, विद्यार्थी राजनीतिमा देशभर आफ्नो परिचय र पहिचान छोड्न सफल नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री एवं काभ्रेका पूर्व अध्यक्ष माधव ढकाल जिल्लाका प्रत्येक गाउँबस्ती  पुग्नुभएको छ। सबै पुस्तामाझ उत्तिकै लोकप्रिय ढकालले पार्टीमा आफुले गरेको योगदानका कारण आम मतदाताले आफू र टिमलाई जिताउने विश्वास व्यक्त गर्नुभयो।

दुई सह–सचिव पदमा पार्टी जिल्ला सदस्यहरु समिर व्याञ्जु र रविन्द्रनाथ सिग्देलको उम्मेदवारी परेको छ । पूर्वमन्त्री राजेन्द्रप्रसाद खरेलका प्रमुख सहयोगीको रुपमा काम गरेका व्याञ्जु विद्यार्थी हुँदै पार्टीको राजनीतिमा पूर्णरुपमा कृयाशिल रहनुभएको छ। पञ्चायतकालदेखि नै कांग्रेसको राजनीति गरेका स्व. प्राणनाथ सिग्देलका सुपुत्र रहनुभएका जिल्ला सदस्य रविन्द्रनाथ सिग्देलले सह–सचिव पदमा उम्मेदवारी दिनुभएको छ। विद्यार्थी हुँदै पार्टी राजनीतिमा कृयाशिल सिग्देलले पार्टीको प्रचार विभाग प्रमुखको रुपमा काम गरिसक्नुभएको छ।

लामा नेतृत्वको समूहले जिल्लाका १३ वटै स्थानीय तहमा शसक्त र पार्टी राजनीतिमा योगदान गरेका व्यक्तिलाई उम्मेदवार बनाएको जनाएको छ । दुवै निर्वाचन क्षेत्र समेटेर सन्तुलित उम्मेदवारी दिएका कारण आफ्नो जित सुनिश्चित भएको उनीहरुले जनाएका छन् । पार्टीको विधान र निर्वाचन निर्देशिका अनुसार समावेशी रुपमा उम्मेदवारी दिएको सभापति पदका उम्मेदवार तिर्थ लामाले जानकारी दिनुभयो।

धुलिखेलमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले हारको मानसिकताले फैलाइएको भ्रमको पछाडी नलाग्न मतदाता र कांग्रेसजनमा अनुरोध गर्नुभएको छ। ‘शिव हुमागाईले सभापति पदका अर्का उम्मेदवारलाई सहयोग गर्दैछ भनेर सामाजिक सञ्जालमार्फत, विभिन्न मिडियामार्फत भ्रम फैलाइएको रहेछ, त्यस्ता भ्रमको पछि नलाग्न म आम मतदाता साथीहरु र कांग्रेसजनमा अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो, ‘मैले नेतृत्व गरेको तिर्थ लामा नेतृत्वको समूहलाई अत्याधिक बहुमतले विजय गराउन हार्दिक अनुरोध गर्दछु ।’
सभापति पदका उम्मेदवार लामाले आफ्नो नेतृत्वको टिमले काभ्रे कांग्रेस हाक्ने भन्दै काभ्रेका सबै निर्वाचन क्षेत्र, स्थानीय तह र १ सय ३५ वटै वडामा विजयी गराउनको लागि आफ्नो समूहलाई विजयी गराउन अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस