काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तिर्थ लामाको प्यानल बहुमतले बिजयी

नौलो समाचार संवाददाता
२०७८ मंसिर १२, आईतबार मा प्रकाशित १६०९ पटक पढिएको
काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तिर्थ लामाको प्यानल बहुमतले बिजयी

मंसिर १२, काभ्रे। काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तिर्थ लामा विजयी हुनुभएको छ। नेपाली कांग्रेस काभ्रेको १४ औ अधिबेशनले तिर्थ लामा जिल्ला सभापति सहित प्यानलनै बिजयी भएको हो।

तिर्थ लामा अत्याधिक मत प्राप्त गरी विजयी हुनुभएको हो। लामाले प्रतिद्वन्द्वी अच्युत पौडेललाई ८ सय ७६ मतले हराउँदै विजयी हुनुभएको हो। लामाले १६ सय ४६ मत प्राप्त  गर्नुभयो भने उहाँको प्रतिद्धन्द्धी अच्युत पौडेले ७ सय ७० मत प्राप्त गर्नुभएको थियो।

जिल्ला अधिबेशनमा उप-सभापतिमा ठाकुरप्रसाद न्यौपाने र रमेश प्रसाद हुमागाई निर्वाचित हुनुभएको छ। सचिबमा गुणराज मोक्तन र माधब प्रसाद ढकाल, सह-सचिबमा रबिन्द्र सिग्देल र समीर ब्यान्जु श्रेष्ठ निर्वाचित हुनुभएको छ। जिल्लामा नयाँ कार्य समिति टिममा तिर्थ लामाको प्यानलमा ६२ जनाको जिल्ला कार्यसमिति टिम निर्वाचित भएको छ।

निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाम अनुसार उपसभापती तीर्थ प्यानलको ठाकुर प्रसाद न्यौपानेको १४०० मत र रमेश प्रसाद हुमागाईंको १५२३ मत रहेको छ । मधु आचार्य प्यानलका उपसभापति गोविन्द बहादुर थापाको ६९५ मत, शंकरदास लामा ९राजु० को ६५२ मत रहेका छ भने उपसभापतिको स्वतन्त्र उम्मेदवार देवराज लामाको २४१ मत रहेको छ ।

सचिबमा तीर्थ प्यानलका गुणराज मुक्तानको १४२० मत र माधव प्रसाद ढकालको १४१० मत रहेको छ । मधु आचार्य प्यानलका कमलबहादुर तामाङ ७५५ मत र दिनेश भुर्तेलको ८३५ मत छ । सहसचिबमा तीर्थ लामा समूहका रमीर ब्याञ्जु श्रेष्ठको १४४५ मत र रबिन्द्रनाथ सिग्देलको १४१९ मत रहेको छ । मधु आचार्य प्यानलका बिनोद गौतमको ७५५ मत र रञ्जीव श्रेष्ठको ८४५ मत रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस