धुलिखेल अस्पतालले स्वास्थ्य बीमाको सुविधा अब नदिने

स्वास्थ्य बिमा गरेका नागरिक निराश
नौलो समाचार संवाददाता
२०७८ मंसिर १४, मंगलबार मा प्रकाशित ३७२७ पटक पढिएको

धुलिखेल अस्पतालले स्वास्थ्य बीमाको सुविधा अब नदिने

मंसिर १४, काभ्रे। धुलिखेल अस्पतालले स्वास्थ्य बीमाको सुविधा अब नदिने भएको छ। अस्पतालले यहि मंसिर २० गतेदेखि स्वास्थ्य बिमाको प्रावधान अन्तर्गतका सुविधा नागरिकले नपाउने एक सुचना जारी गर्दै जनाएको छ।

धुलिखेल अस्पतालले जारी गरेको यो सूचनाले खास गरी स्वास्थ्य बिमा गरेको नागरिकलाई निराश बनाएको छ।

धुलिखेल अस्पतालमा २०७४ साल देखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

अस्पताले जारी गरेको सूचनामा भनिएकोे छ ‘यस अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम २०७४ सालदेखि सञ्चालन गर्दै आइरहेकोमा नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले विविध स्वास्थ्य सेवाहरु एवं औषधीहरुको मूल्य निर्धारण सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरु बाहेकका सुविधाहरु मिति २०७८÷०८÷२० गतेदेखि बीमा लागु नहुने सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

स्वास्थ्य बीमाले कम आर्थिक आय भएका सर्वसाधरणलाई निकै सजिलो भएको थियो । बीमा गरेको बिरामीको उपचारमा केहि ढिलाई भएपनि कयौँ नागरिकलाई उपचार खर्चमा सहज भएको थियो ।


प्रतिक्रिया दिनुहोस