सकियो एमालेको दसौँ महाधिवेशन, पहिलो केन्द्रीय कमिटी बैठक बस्यो

नौलो समाचार संवाददाता
२०७८ मंसिर १४, मंगलबार मा प्रकाशित ५४० पटक पढिएको

सकियो एमालेको दसौँ महाधिवेशन, पहिलो केन्द्रीय कमिटी बैठक बस्यो

मंसिर १४, सौराहा। नेकपा एमालेको १० मंसिरदेखि १२ मंसिरसम्म निर्धारित १० औँ महाधिवेशन दुई दिन ढिला गरी मंगलबार बेलुका सकिएको छ।

निर्वाचन नगरी सर्वसम्मत रुपमा पार्टी केन्द्रीय कमिटी चयन गर्ने केपी ओलीको आकांक्षामा भने तुषारापात भएको छ।

भीम रावल अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने अडानबाट पछि नहटेपछि एमाले महाधिवेशन अन्तत: चुनावमा जान बाध्य भएको हो।

चुनावकै कारण महाधिवेशन दुई दिन लम्बिएको हो।

अध्यक्ष ओलीले निर्वाचित भएपछि शपथ लिँदै महाधिवेशन ऐतिहासिक रुपले सम्पन्न भएको जिकिर गर्नुभयो। उहाँले महाधिवेशनमा आएका देशीविदेशी पाहुनाहरुसहित सबैलाई धन्यवाद पनि व्यक्त गर्नुभयो।

एमाले महाधिवेशन सकिएलगत्तै केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामा बसेको छ।

यसपछि आगामी शनिबार केन्द्रीय कमिटीको अर्को बैठक बस्ने तथा २५ तथा २६ गते केन्द्रीय कमिटीको अर्को बैठक बस्ने जानकारी अध्यक्ष ओलीले दिनुभएको छ।


प्रतिक्रिया दिनुहोस