धुलिखेल-२८ किलोमा बस दुर्घटना

नौलो समाचार संवाददाता
२०७८ मंसिर १५, बुधबार मा प्रकाशित १४९७ पटक पढिएको

धुलिखेल-२८ किलोमा बस दुर्घटना

मंसिर  १५, काभ्रे। काभ्रेको धुलिखेलस्थित-२८ किलोमा (मयुर) यातायातको यात्रुवाहक बस दुर्घटनामा परेको छ। आज राति करिब ८ बजेको समयमा बा ५ ख १९७७ नमबरको बस सडकबाट केहि तल खसेको छ।

बस काठमाडौँबाट धुलिखेलतर्फ आउँदै थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइतेहरुको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको स्थिती सामान्य रहेको छ।


प्रतिक्रिया दिनुहोस