अनेकोटको सिर्जना प्राविमा अभिभावक भेला सम्पन्न, ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

नौलो समाचार संवाददाता
२०७८ मंसिर १५, बुधबार मा प्रकाशित १३८० पटक पढिएको
अनेकोटको सिर्जना प्राविमा अभिभावक भेला सम्पन्न, ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

मंसिर १५, काभ्रे। काभ्रेको पाँचखाल अनेकोटस्थित सिर्जना प्राथमिक बिद्यालयमा आज बार्षिक अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पाँचखाल नगरपालिका वडा नं १, अनेकोटमा रहेको सिर्जना प्राथमिक बिद्यालयमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको बिद्यालयले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टी बागमती प्रदेशका माननीय संसद लक्ष्मण लम्सालको उपस्थिति रहेको थियो भने बिशेष अतिथिमा नेकपा माओबादी पार्टीका काभ्रे जिल्ला सचिवालय सदस्य आइते सिंह तामाङ तथा नेकपा एकिकृत समाजवादी पार्टीका पाँचखाल नगर कमिटिका अध्यक्ष रबिन्द्रराज सिपखानको उपस्थिति रहेको थियो।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिद्यालयको आर्थिक बर्ष २०७५-७६ र २०७७-७८ को आय व्यय विवरण सार्बजनिक गरिनुको साथै शिक्षकहरुले अभिभावकहरुसंग अन्तरक्रिया समेत गर्नुभएको थियो।

सोहि अवसरमा बिद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो।

त्यस्तै आजको कार्यक्रममा स्वागत मंत्यव्य बिद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर तामाङले राख्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षिका लक्ष्मी तिमिल्सिनाले गर्नु भएको थियो ।

त्यस्तै छिमेकी बिद्यालय कालिका उच्च मा. बि. का प्रधानाध्यापक सरस्वती अधिकारी तथा ज्ञानेश्वरी मा.बि. का प्रधानाध्यापक कान्छामान तामाङ, समाजसेवी कुलमान तामाङ तथा नेकपा एमालेका नेता अनिलकुमार तामाङ लगाएत अन्य जनप्रतिनिधिहरुले समेत आ-आफ्नो मंत्यव्य राख्नु भएको बिद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर तामाङले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस