नेपालमा २ जनामा काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ मंसिर २०, सोमबार मा प्रकाशित ७८२ पटक पढिएको
नेपालमा २ जनामा काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि

मंसिर २०, काठमाडौं। नेपालमा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्रा डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

सोमबार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै उहाँले ओमिक्रोन पृष्टि भएको जनाकारी दिनुभएकाे हो ।

६६ वर्षीय विदेशी नागरिक र उहाँको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

उहाँहरू दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस