नृत्य निर्देशक संघमा पुनः भुवनदास सर्वसम्मत अध्यक्ष चयन

नौलो समाचार संवाददाता
२०७८ मंसिर २०, सोमबार मा प्रकाशित ११४१ पटक पढिएको
नृत्य निर्देशक संघमा पुनः भुवनदास सर्वसम्मत अध्यक्ष चयन

मंसिर २०, काभ्रे। नृत्य निर्देशक संघमा पुनः वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ।
नृत्य निर्देशक संघ नेपालकाे पाँचौ साधारण सभा तथा दाेस्राे महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हाे।

संस्थाका अध्यक्ष भुवनदास श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका काभ्रे जिल्ला अध्यक्ष माेहन ताैजले, ललितपुर अध्यक्ष प्रदिप रमण सिंह डंगोल, काठमाडौं अध्यक्ष बुद्ध लामा, भक्तपुर अध्यक्ष चुडामणि फुयाल लगायतले आफ्नो मन्तव्य राख्दै नृत्य निर्देशकको हक हित अनि चुनाैती तथा समस्या बारे बाेलेका थिए।

कार्यक्रममा केन्द्रीय महासचिव नृपध्वज खत्रीले संस्थाकाे प्रतिवेदन तथा काेषाध्यक्ष शारदा साेती शर्माले प्रस्तुत गर्नुभएको थियो । संथाका वरिष्ठतम् उपाध्यक्ष प्रदिपमान श्रेष्ठले स्वागत गरेको कार्यक्रम प्रवक्ता ऋषिकेश श्रेष्ठले संचालन गर्नुभएको थियो। कार्यक्रममा संस्थाका विभिन्न शाखा पदाधिकारी तथा प्रतिनिधिहरुकाे उपस्थित रहेको थियो ।

नृत्य निर्देशक संघ नेपालको पांचौं साधारण सभा तथा दोस्रो केन्द्रीय अधिवेशनले श्रेष्ठ अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष प्रदिपमान श्रेष्ठ, उपाध्यक्ष शम्भु शाही, महिला उपाध्यक्ष भावना कार्की, महासचिव नृपध्वज खत्री (निरिप), सचिव ऋषिकेश श्रेष्ठ, कोषाध्यक्ष शारदा सोती शर्मा,
सह सचिव रवि राना मगर, सह कोषाध्यक्ष केशव कोईराला, केन्द्रीय सदस्य प्रमिला कार्की ढकाल, बुद्ध लामा, सृजना श्रेष्ठ, सिर्जना राजवाहक सर्वसम्मत निर्वाचित भएका छन् ।

नृत्य निर्देशक संघ नेपालमा आवद्ध बिभिन्न प्रदेश ,जिल्ला, नगर समिति अध्यक्ष सहितका प्रतिनिधि र संघ का बिभिन्न बिभागका संयोजकको उपस्थितिमा वरिष्ठ अधिवक्ता, संघका कानूनी सल्लाहकार तथा प्रमुख निर्वाचन अधिकृत सन्तोष राना मगरले निर्वाचित केन्द्रीय कार्यसमिति पदाधिकारीहरुको नाम घोषणा गर्नुभएको थियो।

२०७३ साल श्रावण मा दर्ता भएको संघको स्थापना काल देखि सम्पूर्ण नृत्य निर्देशकहरुको हकहितका लागी कार्य गर्दै आएको संघले स्थापनाको छोटो समयमा नै थुप्रै नृत्य निर्देशकहरुलाई एकजुट गराउन सफल भएको छ ।
अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भए पश्चात् संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनमा संघलाई थप सशक्त ढंगले सक्रिय भएर नृत्य निर्देशकहरुको हितका लागि लागि पर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस