करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने, १८ वर्ष मुनिका बालबालिकालाई लगाइने

नौलो समाचार संवाददाता
२०७८ मंसिर २२, बुधबार मा प्रकाशित ८८८ पटक पढिएको
करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने, १८ वर्ष मुनिका बालबालिकालाई लगाइने

मंसिर २२, काठमाडौं। कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप ल्याउन लागिएको हो।

साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप ल्याइने विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए। यससँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ। यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप ल्याइएको थियो।

यस्तै, कोभिशिल्डको ६ लाख डोज आज आइपुग्ने थापाले जानकारी दिनुभयो। यो खोप दिउँसो २ बजे नेपाल भित्रनेछ। कोभ्याक्स सुिवधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ६ लाख डोज कोभिसिल्ड खोप आइपुग्याे

यस्तै आजै, कोभ्याक्स सुविधामा मार्फत थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आपुगेकाे छ। दिउसाे २ बजे खाेप नेपाल आइपुगेकाे हाे।

कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये तेस्राे पटकमा आज उक्त खाेप नेपाल आएकाे हाे। यसअघि दुइ पटक गरी १६ लाख ९७ हजार डाेज खोप नेपाल आइसकेकाे छ।

प्रतिक्रिया दिनुहोस