माध्यमिक तहमा १५ सय भन्दा धेरै शिक्षकको आवेदन खुला

नौलो समाचार संवाददाता
२०७८ मंसिर २९, बुधबार मा प्रकाशित १२९७ पटक पढिएको
माध्यमिक तहमा १५ सय भन्दा धेरै शिक्षकको आवेदन खुला

मंसिर २९, काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो ।

आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रका उम्मेद्वारको लागि पनि कोटा तोकेर विज्ञापन गरेको हो । नेपाली विषयको लागि २ सय ३१ जना शिक्षकको माग भएको छ । यस्तै, अंग्रेजी विषयको लागि तीन सय १२ जना, गणितको लागि दुई सय ८९ जना, विज्ञानको लागि चार सय ३५ जना, सामाजिक विषयको लागि दुई सय एक जना र अर्थशास्त्र विषयमा १० जनाको लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।

यस्तै कार्यलय सञ्चालन तथा लेखा विषयको लागि ५१ जना, शिक्षाको लागि एक जना, शुक्लयजुर्वेदमा दुई जना, स्वास्थ्यमा दुई जना, संस्कृत व्याकरणको लागि २ जना, संस्कृत भाषाको लागि तीन जना, संस्कृत साहित्यको लागि एक जना, कम्प्युटर विज्ञानको लागि ६ जना र न्याय विषयको लागि एक जना शिक्षक विज्ञापन खुला भएको हो ।

इच्छुक व्यक्तिले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, आयोगकाे आधिकारिक वेबसाइट https://online.tsc.gov.np/ मा गएर अनलाइन दरखास्त पनि दिन सकिनेछ । लिखित परीक्षा चैत १५ गते हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस