काँग्रेस काभ्रे सभापति तिर्थ लामा अस्पताल भर्ना

नौलो समाचार संवाददाता
२०७८ पौष १३, मंगलबार मा प्रकाशित ८३२ पटक पढिएको

काँग्रेस काभ्रे सभापति तिर्थ लामा अस्पताल भर्ना

पुस १३, काभ्रे। नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामा अस्पताल भर्ना हुनुभएको छ। पित्त नलिमा पत्थरी भएको कारण केही दिनदेखि अस्वस्थ लामा सोमबार ग्राण्डि अस्पताल भर्ना हुनुभएको हो।

आज (मंगलबार) ग्राण्डि अस्पतालमा गरिएको सल्याकृयामा पत्थरी सँगै संक्रमण देखिएकोले थप उपचार गर्नको लागि केही दिन अस्पतालमै रहनुपर्ने जानकारी अस्पताल स्रोतले दिएको छ।

नेपाली काँग्रेसको निवर्तमान सहमहामन्त्री डा. प्रकाश शरण महत लामाको स्वास्थ्य अवस्था बुझ्न मंगलबार नै अस्पताल पुगेका थिए।

यस्तै, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, अग्रज पत्रकार इश्वरी ओझा लगायतले पनि लामालाई अस्पताल पुगेर स्वास्थ्य अवस्थाको बारेमा बुझ्दै भेट गर्नुभएको थियो।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा लोकप्रिय मतको साथ नेपाली काँग्रेस काभ्रेको सभापति निर्वाचित तिर्थ लामाको स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा नेपाली कांग्रेसको नेता कार्यकर्ताको भिड लागेको छ।

 


प्रतिक्रिया दिनुहोस