काभ्रेका उच्च पहाडमा बर्षासंगै हिमपात

नौलो समाचार संवाददाता
२०७८ पौष १४, बुधबार मा प्रकाशित ७८७ पटक पढिएको
काभ्रेका उच्च पहाडमा बर्षासंगै हिमपात

पुस १४, काभ्रे। काभ्रे लगाएत देशका धेरै जसो ठाउँमा अहिले बर्षा भैरहेको छ।

काभ्रेको उच्च पहाडी क्षेत्रमा बर्षासंगै हिमपात भएको छ। गएराती देखिको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।

बेथानचोक नारायणस्थान, ढुंखर्क, महाभारत क्षेत्र, फुलचोकी क्षेत्र र आसपासका क्षेत्रमा हिउँ परेको छ।

निरन्तरको वर्षा र हिउँ पर्न थालेपछी चिसो ह्वात्तै बढेको छ। चिसोका कारण खासगरी बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी समस्यामा परेका छन्।

लामो समयपछि पानी पर्दा किसान भने निकै खुशी भएका छन् । सिंचाईको ब्यवस्था नभएका ठाउँका किसान खुशी भएका हुन् ।

गहुँ, तोरी, आलु लगायत हिउँदे सिजनको खेतीका लागि यो पानीले किसानलाई निकै सजिलो बनाईदिएको छ ।

प्रतिक्रिया दिनुहोस