पनौती गोरखनाथमा निर्माण गरिएको गणेश मुर्तिकाे दर्शन माघ ४ गतेबाट सर्वसाधारणका लागि खुल्ला

नौलो समाचार संवाददाता
२०७८ पौष १४, बुधबार मा प्रकाशित १२१३ पटक पढिएको
पनौती गोरखनाथमा निर्माण गरिएको गणेश मुर्तिकाे दर्शन माघ ४ गतेबाट सर्वसाधारणका लागि खुल्ला

पुस १४, काभ्रे। पनौती गोरखनाथ क्षेत्रमा पंचधातुबाट निर्माण गरिएको गणेश मुर्तिकाे दर्शन माघ ४ गतेबाट सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ। पनौतीको ऐतिहासिक बाह्रबर्षे मकरमेलालाई लक्षित गरि सम्पूर्ण आम भक्तजनका लागि दर्शन खुल्ला गर्न लागिएको हो।

पनाैती-६ गाेरखनाथ डाँडामा निर्माण गरिएको गणेश मुर्तिमा माघ ४ गते प्राण प्रतिष्ठा हुने र भक्तजनहरुलाई दर्शनकाे लागि खुल्ला गरिने निर्माण समितीले जानकारी दिएकाे छ।

२०७६ साल पाैष २९ गतेदेखि माघ ८ गतेसम्म श्रीमदभागवत् सप्ताह लगाई विभिन्न संघ-सस्था, ब्यक्ति र भक्तजनहरुबाट संकलित चन्दाबाट मुर्ति निर्माण गरीएकाे गणेश मुर्ति निर्माण समितिका अध्यक्ष रामकुमार बस्नेतले जानकारी दिनुभयो।

गणेश मुर्ति सहितकाे पार्क निर्माणले भक्तजन आकर्षित गर्नुकाे साथै उक्त ठाउँको साैन्दर्यता बढाएकाे छ।

गणेश मुर्ति तथा पार्क निर्माणका लागि पनौती नगरपालिकाबाट अनुदान चन्दा स्वरुप ५ लाख, वडा नम्बर-६ को तर्फबाट २ लाख १ हजार सहयोग प्राप्त भएको थियो। यस्तै अन्य रकम भने विभिन्न ब्यक्तित्व तथा भक्तजनबाट चन्दा तथा सहयोग स्वरूप संकलन गरिएको थियो।

हालसम्म चन्दाबाट ७१ लाख संकलन गरिएको र अझै थप चन्दा आउने क्रम जारी रहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो। गणेश मुर्ति तथा पार्क दिगाे संचालन र संरक्षणकाे लागि अक्षयकाेषकाे स्थापना समेत गरिने उहाँले बताउनुभयो।

सप्ताहमा समेत गरेर ६१ लाख खर्च भएको तथा प्राबिधिक मुल्यांकन गर्दा १ कराेड २० लाख भन्दा माथिकाे भाैतिक सरचना हुन आउने अध्यक्ष बस्नेतको भनाई छ।

आम्दानी र खर्चकाे बिबरण यसै हप्तामा सर्बसाधरण भक्तजनहरुमा सार्बजनिक गरिने बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस