३२ लाखको लागतमा नमोबुद्धका युवाहरुले सुरु गरे ‘सेनिटेयरी प्याड’ उत्पादन

नौलो समाचार संवाददाता
२०७८ पौष १४, बुधबार मा प्रकाशित ८३१ पटक पढिएको
३२ लाखको लागतमा नमोबुद्धका युवाहरुले सुरु गरे ‘सेनिटेयरी प्याड’ उत्पादन

पुस १४, काभ्रे। नमोबुद्ध नगरपालिका-३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन्। ग्रामीण बिकास संस्था काभ्रे मार्फत जर्मन राजदुतावासको २२ लाख र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको साझेदारीमा अल्ट्रा क्लिन प्रालि स्थापना गरि काम सुरु गरिएको हो।

प्याड उत्पादन सुरुवात कार्यक्रममा नमोबुद्ध नगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिना तथा कार्यक्रम अधिकृत सुलोचना सुवालले सामाजिक उत्तरदायित्वको यो अभियानमा नगरपालिकाको सदैब साथ र सहयोग रहने बताउदै ग्रामीण बिकास सस्था र जर्मन राजदुतावासलाई सहयोगको लागि धन्यवाद दिनुभयो।

बालबालिका युवा र बाताबरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमिल्सिनाले नमोबुद्धमा आफुहरुले बिगत ४ बर्ष काम गर्दैगर्दा नगरयुवाहरु संगठित हुनु सामाजिक काममा सक्रियता देखाउनु, नगरपालिकाले युवा परिषद् गठन गर्नु र उद्धयमशिल बन्न खोज्नु महत्त्वपूर्ण उपलब्धि रहेको र आगामी दिनहरुमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो।

प्याड उत्पादनसंगै महिनावारी स्वस्छताका अभियानहरु समुदाय र बिद्यालयहरुमा सन्चालन गरिने सन्चालक सन्जीप न्यौपानेले बताउनुभयो। प्याडलाई बजारीकरण गर्न “सुरक्षित” नाम दिई बजारमा ल्याउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस