अङ्ग्रेजी नयाँ वर्ष २०२२ सुरु

नौलो समाचार संवाददाता
२०७८ पौष १७, शनिबार मा प्रकाशित ७२८ पटक पढिएको

अङ्ग्रेजी नयाँ वर्ष २०२२ सुरु

पुस १७, काठमाडौं। अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको मानिन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न ठाउँमा यो सम्वत् लगाएकाले अहिले यसको विश्वव्यापी प्रचार छ । ईस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ ।

काभ्रेका धुलिखेल, विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायत ठाउँमा हिजो ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन् । आज पनि पर्यटकीय ठाउँमा चहलपहल छ ।


प्रतिक्रिया दिनुहोस