अनेरास्ववियु काभ्रेमा निर्विरोध पदाधिकारी चयन

नौलो समाचार संवाददाता
२०७८ पौष १७, शनिबार मा प्रकाशित ४६३ पटक पढिएको

अनेरास्ववियु काभ्रेमा निर्विरोध पदाधिकारी चयन

पुस १७, काभ्रे। अनेरास्ववियु काभ्रेको २९ औँ जिल्ला अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

आज बनेपामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट अध्यक्षमा अशोक खनाल, उपाध्यक्षमा हेमराज हुमागाई, उचिबमा मिलन गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै उपसचिबमा कल्पना लामा, सञ्जिब न्यौपाने र युवराज दाहाल, कोषाध्यक्षमा आर्दश न्यौपाने निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यसैगरी अधिवेशनले अनेरास्ववियु कार्यालय सचिबको जिम्मेवारी सुमन जैरु र दिपेश तिमल्सिनालाई संगठन बिभाग प्रमुखको जिम्मेदारी तोकेको छ ।


प्रतिक्रिया दिनुहोस