एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने

प्रतिनिधीलाई डिजिटल क्युआर कोर्ड
नौलो समाचार संवाददाता
२०७८ पौष १८, आईतबार मा प्रकाशित ८५० पटक पढिएको

एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने

पुस १८, काभ्रे। धुलिखेलमा हुने नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा मेशिनको प्रयोग गरिने कार्यालय सचिव हरिकुमार मैनालीले बताउनुभयो ।

उहाँले पौष २३ गते सुरु हुने अधिवेशनमा काभ्रेमै पहिलो पटक विद्युतीय मतदान हुन लागेको जनकारी दिनुभयो । एमालेको विधानअनुसार सबै पदमा निर्वाचन भएमा प्रतिनिधीले मेशिनमार्फत मतदान गर्नेछन् । विधानले निर्देशन गरे अनुसार जिल्ला अध्यक्षदेखि विभिन्न आयोगसम्ममा मतदान गर्नु पर्नेछ ।

काभ्रेमा जिल्ला अधिवेशनमा १ हजार ५ सयको हाराहारीमा प्रतिनिधिले मतदान गर्नेछन् । यद्यपी काभ्रेमा सर्वसम्मतलेनै नेतृत्व चयन हुने सम्भावना रहेको मैनालीले बताउनुभयो । ‘सकेसम्म जिल्लाका सबै पदमा सर्वसम्मतको प्रयास भैरहेको छ तर निर्वाचन हुने अवस्थामा हामी तयारी हालतमा रहेका छौ’ मैनालीले थप्नुभयो ।

प्रतिनिधीलाई डिजिटल क्युआर कोर्ड
एमाले काभ्रेले प्रतिनिधीको कार्डमा उच्च प्रविधीको प्रयोग गरेको छ । प्रतिनिधीलाई क्युआर कोडसहितको कार्ड उपलब्ध गराउँदै त्यसलाई स्क्यान गरेर मात्रै सभास्थलको बन्द सत्रमा छिर्न पाउने व्यवस्था एमालेले गर्न लागेको हो । कार्ड स्क्यान गरेपछि उसको सबै विवरण कम्युटरको स्क्रिनमा देखिने गरि काम भैरहेको मैनालीले बताउनुभयो ।

१३ स्थानीय तहमा तयारी बैठक
एमाले काभ्रेको १० औंजिल्लाअधिवेशनको लागिकाभ्रेका १३ वटा नै स्थानीयतहले तयारी थालेका छन् । एमाले काभ्रेको जिल्लाअधिवेशनमाकम्तिमा ५० हजारको उपस्थितीमा धुलिखेल रंङ्गशालामा गर्ने अधिवेशनमा तयारीमा काभ्रेका १३ वटा स्थानीय तहले तयारी थालेका छन् । प्रत्येक स्थानीय तहले हजारौको संख्यामाकार्यकर्ता ल्याउने तयारी थालेकाछन् । सोही अन्तरगत बनेपानगरपालिकाले बृहत कार्यकर्ताको भेला समेत गरेका छन् । बनेपामा एमालेका पोलिटव्यूरो सदस्य एंव काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटा, जिल्ला अध्यक्षअशोक व्याञ्जू, बनेपाका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठको उपस्थितीमा भेला गरेको छ ।

कहाँबाट कतिको सहभागिता
एमालेको १० जिल्लाअधिवेशनको जनपरिचालन उपसमितीका संयोजक कंचनअधिकारीले काभ्रेका १३ वटानै स्थानीय तहबाट हजारौंको संख्यामा जनसहभागिता गराउने भएको छ ।

उहाँका अनुसार बनेपाबाट ५ हजार, पनौती ५ हजार, धुलिखेल ५ हजार, पाँचखाल ३ हजार, मण्डनदेउपुर ५ हजार, नमोबुद्ध २५ सय, तेमाल २ हजार, बेथानचोक १ हजार, भुम्लु १ हजार, रोशी १ हजार, महाभारत ३ सय र खानीखोलाबाट कम्तिमा ५ सयको जनसहभागिता धुलिखेलमा गराउने भएको छ ।

७७ जिल्लाभन्दा काभ्रेमा बेग्लै रौनक
नेकपा एमालेले एकै पटक पौष २३ गते ७७ वटानै जिल्लामा अधिवेशन गर्न लागेको छ । त्यसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने काभ्रेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसले कार्यकर्ता पंक्तिमा बेग्लै रौनक छाएको छ । काभ्रेमा १३५ वटा नै बडाका कार्यकर्ता ओलीलाई स्वागत गर्न व्यग्र प्रतिक्षा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस