एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु, उपसचिवमा रिता ढकाल सर्वसम्मत

नौलो समाचार संवाददाता
२०७८ पौष २४, शनिबार मा प्रकाशित ८५४ पटक पढिएको
एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु, उपसचिवमा रिता ढकाल सर्वसम्मत

पुस २४, काभ्रे। नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक कुमार ब्यान्जु श्रेष्ठ निर्बिरोध चयन हुनुभएको छ।

नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको जारी बन्द सत्रले अध्यक्ष र उपसचिव सर्वसम्मत चयन गरेपनि बाँकी पदहरूमा निर्वाचन हुने भएको छ।

यस्तै, बन्दसत्रले उपसचिवमा रिता ढकाललाई बनाउने सहमति जुटाए पनि बाँकी पदहरूमा सहमति जुट्न सकेको छैन । सहमति नभए बाँकी पदहरूमा निर्वाचनमा जान सक्ने गरी तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस