ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण, लाग्याे गणतन्त्रविरोधी नारा

नौलो समाचार संवाददाता
२०७८ पौष २७, मंगलबार मा प्रकाशित ४४२ पटक पढिएको
ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण, लाग्याे गणतन्त्रविरोधी नारा

पुस २७, काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिम गेटमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रनिर्माता शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको हो ।

ज्ञानेन्द्र त्यहाँ पुग्दा उहाँका समर्थकहरूले राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीरअंकित पोस्टर बोकेका थिए ।

उहाँका समर्थकले गणतन्त्रविरोध नारासमेत लगाएका थिए । उनीहरुले ‘गणतन्त्र मुर्दावाद’, ‘हाम्रो राजा, हाम्रो देश’, ‘यो व्यवस्था चाहिँदैन’ लगायतका नारा लगाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सोमबार विज्ञप्ति जारी गर्दै गणतान्त्रिक व्यवस्थाप्रति असन्तोष जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस