काभ्रेमा कोरोना संक्रमित दिनदिनै बढ्दै, आज थपिए ६७ जना

नौलो समाचार संवाददाता
२०७८ पौष ३०, शुक्रबार मा प्रकाशित ६९० पटक पढिएको

काभ्रेमा कोरोना संक्रमित दिनदिनै बढ्दै, आज थपिए ६७ जना

पुस ३०, काभ्रे। काभ्रेमा आज एकैदिन थप ६७ जना नयाँ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ३४ तथा एन्टीजेन परिक्षणबाट ३३ जना गरी जम्मा ६७ जनामा संक्रमण पुष्टि भएको हो।

जामा १९१ जनामा गरिएको परिक्षण मै ६७ जनामा संक्रमण देखिएको हो।

यस्तै आजै २२ जना संक्रमित उपचारपछी निको भएका छन्।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २२५ पुगेको छ। सबैभन्दा बढी बनेपा र धुलिखेल नगरपालिकामा सक्रिय संक्रमित रहेका छन्।

बनेपा नगरपालिकामा ७५ जना, धुलिखेलमा ७५ जना, पनौती नगरपालिकामा २८ जना, नमोबुद्ध नगरपालिकामा १६ जना, पाँचखाल नगरपालिकामा ११ जना, मण्डनदेउपुर नगरपालिकामा ५ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ९, भुम्लुमा ३ जना, बेथानचोकमा २ र रोशीमा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा आज १ सय ७६ जनाले पहिलो मात्राको र ७४ जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस