बेथानचोकको भिरबाट खसेर पनौतीका एक बालकको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ माघ १, शनिबार मा प्रकाशित १०२१ पटक पढिएको
बेथानचोकको भिरबाट खसेर पनौतीका एक बालकको मृत्यु

माघ १, काभ्रे। जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ३ स्थित नारायणस्थानमा भीरबाट खसेर पनौतीका एक युवकको मृत्यु भएको छ। घुम्नका लागि बेथानचोक नारायाणस्थान गएका पनौती नगरपालिका वडा नं ६ का सौरभ सापकोटाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आफन्त सहित बेथानचोक घुम्न गएका बर्ष १२ का सौरभ डाँडाबाट हिउँमा चिप्लिएर १ सय मिटर भन्दा तल पुगेका थिए।

बेथानचोक नारायणस्थान नजिक भिरबाट खसेका बालकको शव नेपाली सेनाको काली जंग गण, नेपाल प्रहरी, शसस्त्र, स्थानीयहरुले निकालेका थिए।

आफ्नै आफन्तसँग घुम्नका लागि बेथानचोक पुगेका सापकोटाको शव नारायण स्थानबाट १ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार सौरभ बिहानको ३ बजे भिरबाट खसेका थिए । उनको १२ घण्टापछि दिउँसो ३ बजे सेना, प्रहरी र स्थानीयले भिरबाट शव झिकेका थिए । शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस