काभ्रेमा आज ६४ जना संक्रमित थपिए, सबैभन्दा धेरै संक्रमित बनेपा र धुलिखेलमा

नौलो समाचार संवाददाता
२०७८ माघ २, आईतबार मा प्रकाशित ४९० पटक पढिएको

काभ्रेमा आज ६४ जना संक्रमित थपिए, सबैभन्दा धेरै संक्रमित बनेपा र धुलिखेलमा

माघ २, काभ्रे। काभ्रेमा कोरोना संक्रमितको संख्या दैनिक जसो बढ्दै गैरहेको छ। काभ्रेमा आज एकैदिन थप ६४ जना नयाँ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ५६ तथा एन्टीजेन परिक्षणबाट ८ जना गरी जम्मा ६४ जनामा संक्रमण पुष्टि भएको हो।

आज जम्मा २१७ जनामा गरिएको परिक्षणमा ६४ जनामा संक्रमण देखिएको हो।

यस्तै आज उपचारपछी निको हुनेको संख्या शुन्य रहेको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३४८ पुगेको छ। सबैभन्दा बढी बनेपा नगरपालिकामा सक्रिय संक्रमित रहेका छन्।

बनेपामा १२१ जना संक्रमित छन् भने धुलिखेलमा ११७ जना, पनौतीमा ३५, नमोबुद्धमा २४, मण्डनदेउपुरमा २२, पाँचखालमा ११ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ११, भुम्लुमा ३ जना, बेथानचोकमा २, महाभारतमा १ र रोशीमा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा आज ३३ जनाले पहिलो मात्राको र ९ जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस