सिनेमा हल र जिम माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

नौलो समाचार संवाददाता
२०७८ माघ २, आईतबार मा प्रकाशित ८८१ पटक पढिएको

सिनेमा हल र जिम माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

माघ २, काठमाडौं। कोभिड संक्रमण बढ्दै गएपछि सरकारले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णय भएको जानकारी गराउनुभएको हो।

यस्तै मन्त्री कार्कीले माघ १५ सम्म रात्रिकालीन सबै प्रकारका व्यवसायहरू पनि बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो।

कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक स्थलमा भीडभाड कम गर्न यस्तो निर्णय लिएको हो।

यस्तै धेरै जना भिडभाड हुने गतिविधी पनि माघ मसान्तसम्म नगर्ने, बैठक, गोष्ठि, समीक्षा, जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमै उपस्थित भएर गर्नुपरेमा एण्टिजेन परीक्षण गर्ने र जनस्वास्थ्यका मापदण्डको पालन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

सरकारले यसअघि नै सार्वजनिक स्थानमा २५ जना भन्दा बढीलाई भेला हुन रोक र शैक्षिक संस्था बन्द गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस