सर्वोच्चका न्यायाधीश खड्कासहित २४ जनालाई कोरोना पुष्टि

नौलो समाचार संवाददाता
२०७८ माघ २, आईतबार मा प्रकाशित ६१५ पटक पढिएको
सर्वोच्चका न्यायाधीश खड्कासहित २४ जनालाई कोरोना पुष्टि

माघ २, काठमाडौं। सहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ।

त्यसैगरी कोरोना लागेको आशंकामा आइतबार मात्रै ३० जना कर्मचारीले परीक्षण गराएका छन् । उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको प्रवक्ता दाहालले बताउनुभयो। न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ । प्रवक्ता दाहालका अनुसार कोरोनाबाट सङ्क्रमित हुने कर्मचारीको सङ्ख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङका परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहन भनिएको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ । आइतबार स्वाब दिएकाहरूको रिपोर्ट आएपछि मात्रै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता दाहालले बताउनुभयो।

अधिवक्ताहरूमा पनि सङ्क्रमण पुष्टि

त्यसैगरी नेपाल बार एसोसिएसनमा आबद्ध विभिन्न वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरू सबिता भण्डारी, भीमसेन बञ्जारा, राजेश्वर अधिकारी लगायत २० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सरकारले नारा जुलुस गर्न बन्देज लगाएको भए पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार लगायतले विगत ७८ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस