माघ ११, काभ्रे। ईलाका प्रहरी कार्यालय बनेपाको टोलीले काभ्रेका सञ्जय तामाङलाई पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नम्बर १२ बाँसडोलका सञ्जय तामाङ लाई प्रहरीले पक्राउ गरेको हो ।
बाँसडोल क्षेत्रमा लागु औषध सेवनकर्ताहरु दिन प्रतिदिन बढदै गएको भन्ने स्थानियहरुको गुनासोपछि त्यस क्षेत्रमा निगरानीको क्रममा तामाङ पक्राउ परेका हुन । तामाङको साथबाट लुकाई छिपाई राखेको अवस्थामा ७ किलो ७९५ ग्राम अबैध लागु औषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
सञ्जयलाई लागुऔषध गाँजा मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बैकिङ्ग कसुर मुद्धामा फरार रहेका शंकर पक्राउ
त्यस्तै जिल्ला प्रहरी काभ्रेले आज बैकिङ्ग कसुर मुद्धामा फरार रहेका एक प्रतिवदीलाई पक्राउ गरेको छ । बैकिङ्ग कसुर मुद्धामा फरार रहेका काभ्रेको धुलिखेल धुलिखेल नगरपालिका वडा नं ४ का शंकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार प्रहरीले श्रेष्ठलाई आज (मंगलबार) पक्राउ गरेको हो । बैकिङ्ग कसुर मुद्धामा फरार रहेका श्रेष्ठलाई उच्च अदालत पाटनले २०७७ फाल्गुण ५ गते ३ लाख ३० हजार रुपैँया जरिवाना र २ दिन कैद सजाय तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस