१६ वर्षपछि पक्राउ परे सवारी ज्यान मुद्दामा फरार रहेका बनेपाका दाहाल

नौलो समाचार संवाददाता
२०७८ माघ १२, बुधबार मा प्रकाशित ११५५ पटक पढिएको
१६ वर्षपछि पक्राउ परे सवारी ज्यान मुद्दामा फरार रहेका बनेपाका दाहाल

माघ १२, काभ्रे। सवारी ज्यान मुद्दामा फरार रहेका बनेपाका सिताराम दाहालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले पक्राउ गरेको छ। १६ वर्षसम्म फरार रहेका बनेपा नगरपालिका वडा नं ११ का दाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोज तलास गरी फैसला कार्यन्वयन गर्ने गराउने रणनीतिलाई प्राथमिकतामा राखि सक्रिय रुपमा कार्य गरिरहेको छ। केहिदिनदेखि फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागी जिल्ला अदालत समक्ष पेश गरिरहेको छ।

फरार दाहालाई प्रहरीले माघ ११ गते पक्राउ गरेको हो । कार्यालयका अनुसार २०६२ जेष्ठ २४ गते सवारी ज्यान मुद्दामा दाहाललाई जिल्ला अदालत धादिङले ६ महिना कैद र २ हजार रुपैँया जरिवाना सजायको फैसाला गरेको थियो ।

पक्राउ परेका दाहाललाई फैसला बमोजिमको कैद तथा जरिवाना फर्छौटका लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस