ल्होछारमा काभ्रेका पालिकाहरुमा ३ दिनसम्म सार्वजनिक बिदा

नौलो समाचार संवाददाता
२०७८ माघ १६, आईतबार मा प्रकाशित ८३३ पटक पढिएको
ल्होछारमा काभ्रेका पालिकाहरुमा ३ दिनसम्म सार्वजनिक बिदा

माघ १६, काभ्रे। तामाङ समुदायको मुख्य सास्कृतिक पर्व सोनाम ल्होछार अवसरमा काभ्रेका विभिन्न पालिकाहरुले सार्वजनिक बिदाको घोषणा गर्न थालेका छन्।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारलाइ नयाँ वर्ष पर्वको रुपमा मनाउने गर्दछन्।

माघ १९ गते मनाईने २८५८औँ सोनाम ल्होछार पर्वको पुर्व सन्ध्यामा आ-आफ्नो पालिकाभित्र तामाङ समुदायको बहुल्यतालाई मध्यनजर गर्दै पर्व मनाउन बिदा दिने नानाएका हुन्।

तेमाल, रोशी र खानीखोला गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएका छन्। माघ १८, १० र २० गतेसम्म बिदा दिने ती पालिकाले घोषणा गरेका हुन्।

यस्तै, चौँरीदेउराली गाउँपालिकाले २ दिन बिदा दिने भएको छ। तेस्तै बेथानचोक गाउँपालिकाले  दिन मात्र बिदा दिने सूचना मार्फत जनाएको छ।

नेपाल तामाङ युबा घेदुङ, संघीय सचिवालय, काठमाडौको मिति २०८७–१०–१० को पत्रबाट तामाङ समुदायले मान्ने मुख्य राष्ट्रिय सास्कृतिक पर्व सोनम ल्होछारको दिन सार्बजनिक बिदाको माग भएको र साथै गाउँपालिकाभित्र तामाङ समुदायको बहुल्यता रहेको कुरालाइ मध्यनजर गर्दै गाउँपालिकाहरुले सार्बजनिक बिदा दिने निर्णय गरेको जनाएका छन्।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताहरुले बताएका छन्। तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस