पनौतीको सुधार गृहमा राखिएका मण्डनदेउपुरका किशोरको रहस्यमय मृत्यु

नौलो समाचार संवाददाता
२०७८ माघ १७, सोमबार मा प्रकाशित १९५४ पटक पढिएको
पनौतीको सुधार गृहमा राखिएका मण्डनदेउपुरका किशोरको रहस्यमय मृत्यु
फाईल फोटो

माघ १७, काभ्रे। काभ्रेको पनौतीमा रहेको सुधार गृहमा एक किशोरको शंकास्पद मृत्यु भएको छ । मृतकका आफन्तले कुटपिटका कारणले मृत्यु भएको बताएका छन् ।

पनौती नगरपालिका वडा नं ८ मा रहेको पिस होम पुनःस्थापना केन्द्रमा राखिएका मण्डनदेउपुर नगरपालिका वडा नं १० का स्थायी बासिन्दा १७ बर्षिया सुहोन श्रेष्ठ बिरामी परेपछि उपचार गराउन अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीको दावि छ ।

आफन्तका अनुसार मृतकको शरिरको बिभिन्न भागमा निलडाम र चोटपटक देखिएको छ । उपचार गराउन नभएर मृत्यु भएपछि मात्रै अस्पताल लगिएको मृतकका काका राम श्रेष्ठले बताउनुभएको छ।

प्रहरीले बिरामी भएको भनेर अस्पतालमा बोलाउँदा भजितलाई वेवारिसे अवस्थामा मृत्यु भैसकेको रुपमा राखिएको श्रेष्ठले बताउनुभएको छ। इलाका प्रहरी कार्यालय बनेका प्रमुख राजन कोइरालाले मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको जानकारी दिनुभएको छ। घटना प्रति अनुन्धान भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस