माघ १८, काभ्रे। सभामुख अग्नीप्रसाद सापकोटालाई एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियुले काभ्रेमा कालो झन्डा देखाएको छ। गृहजिल्ला सिन्धुपाल्चोक जान जादै गर्दा सापकोटालाई अनेरास्ववियुले बनेपा बुडोलमा कालो झन्डा देखाएको हो।
बनेपाको बुडोलमा अनेरास्ववियु काभ्रेले सभामुख सापकोटालाई कालो झण्डा देखाएर नाराबाजी सहित विरोध प्रर्दशन गरेका हुन।
अनेरास्ववियुनिकट विद्यार्थीहरूले सापकोटाको यात्रामा अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
आधा घण्टा सडकमै धर्ना दिएका उनीहरूले सभामुखको राजीनामा माग गर्दै कालो झन्डा देखाएका थिए । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै एमालेनिकट भ्रातृसंस्थाहरू सभामुख सापकोटाविरुद्ध आन्दोलित रहेको छ ।
प्रहरीले विद्यार्थीलाई पक्राउ गर्ने प्रयास गरे पनि त्यो सफल हुन सकेन।
प्रतिक्रिया दिनुहोस