साहित्यकार ‘सूर्यप्रसाद लाकोजू विशेषांक’ सहित मध्यदीप त्रैमासिक पत्रिका सार्वजनिक

नौलो समाचार संवाददाता
२०७८ माघ २२, शनिबार मा प्रकाशित १०२० पटक पढिएको

साहित्यकार ‘सूर्यप्रसाद लाकोजू विशेषांक’ सहित मध्यदीप त्रैमासिक पत्रिका सार्वजनिक

माघ २२, काभ्रे। काभ्रे पनौतीमा साहित्यकार सूर्यप्रसाद लाकोजू विशेषांक सहित मध्यदीप त्रैमासिक पत्रिका शुक्रबार बजारमा आएको छ।

काभ्रेली स्रस्टा लाकोजू लोकप्रिय लेखक, साहित्यकार, अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिका र बालोद्योन मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक समेत हुनुहुन्छ।

मध्यदीप त्रैमासिक पत्रिकामा सल्लाहाकार शब्दयात्रा प्रकाशनका संस्थापन अध्यक्ष हरीमन्जु श्री, कानुनी सल्लाहाकार अधिवक्ता हरिशरण बस्नेत, सम्पादक/प्रकाशक प्रदिप केसी(बन्जारा), अतिथि सम्पादक रामसुन्दर देउजा, सह-सम्पादक निर्दिप केसी र सम्पादक सहयोगी त्रय अमृत अधिकारी, पुष्पराज अधिकारी एवं रामप्रसाद पौडेल रहनुभएको छ।

यस्तै सूर्यप्रसाद लाकोजू विशेषांकको डिजाईन साजसज्जाको पाटो विपशना शाक्यले सम्हाल्नु भएको छ।

यसअघि सो पत्रिका मासिक रुपमा प्रकाशन भैरहेको थियो। मासिक पत्रिका हुदा वर्ष १३ अंक १ र २ मा धुलिखेल नगरपालिकाका स्वास्थ्य प्रमुख सन्दिप केसी को एकल स्वास्थ्य विशेष लेखहरु प्रकाशित भएका थिए भने अंक ३ मा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरीमन्जु श्रीका बारेमा लेख रचनात्मक प्रकाशित भएका थिए।

यस मध्यदीप त्रैमासिक पत्रिकामा डाक्टर तुलसीप्रसाद भट्टराई, मोहन दुवाल लगायत ३८ जना व्यक्तिवहरुले सूर्यप्रसाद लाकोजूको वारेमा एकल लेख र कविताहरु संग्रह गरी प्रकाशक गरिएको छ।


प्रतिक्रिया दिनुहोस