फागुन १ गतेबाट भौतिक रुपमा कक्षा संचालन गर्न पनौती नगरपालिकाको पत्र

नौलो समाचार संवाददाता
२०७८ माघ २५, मंगलबार मा प्रकाशित ७६२ पटक पढिएको
फागुन १ गतेबाट भौतिक रुपमा कक्षा संचालन गर्न पनौती नगरपालिकाको पत्र

माघ २५, काभ्रे। पनौती नगरक्षेत्रका सम्पूर्ण बिद्यालयमा फागुन १ गतेबाट भौतिक रुपमा कक्षा संचालन हुने भएका छन्। आज पनौती नगरपालिकाद्वारा गर्न नगरपालिकाले जारी गरेको पत्रमा पनौती नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत बिद्यालयहरुलाई भौतिक रुपमा कक्षा संचालन गर्न निर्देशन दिईएको छ।

पत्रमा नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन तथा सूचनाको आधारमा २०७८ माघ मसान्तसम्म सम्पूर्ण बिद्यालयहरुको पठन पाठन बन्द गरिएकोमा संक्रमणको दर न्यून हुदै गएकोले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा संचालन गर्न भनिएको छ।

सबै बिद्यालयहरुले सरकारले तोकेको मापदण्ड तथा कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागी निर्धारण गरिएका सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी पठन पाठन गर्न भनिएको छ।

नगरपालिका द्वारा जारी पत्र :-

प्रतिक्रिया दिनुहोस