बुधबारदेखि नयाँ आईपीओ आउँदै: १ हजार कित्तासम्म भर्न पाइने

नौलो समाचार संवाददाता
२०७८ माघ २५, मंगलबार मा प्रकाशित ५४५ पटक पढिएको
बुधबारदेखि नयाँ आईपीओ आउँदै: १ हजार कित्तासम्म भर्न पाइने

माघ २५, काठमाडौं। भोलि अर्थात माघ २६ गतेदेखि इमर्जिङ्ग नेपालले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्तामध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ भने सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस