काभ्रे जिल्लाभर सक्रिय संक्रमितको संख्या १५३ मा झर्र्यो, आज ६३ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ माघ २६, बुधबार मा प्रकाशित ८०० पटक पढिएको
काभ्रे जिल्लाभर सक्रिय संक्रमितको संख्या १५३ मा झर्र्यो, आज ६३ जना निको भए

माघ २६, काभ्रे। काभ्रेमा कोरोना संक्रमणको दर निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ भने निको हुनेको संख्या धेरै रहेको छ। आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ९ जनामा संक्रमण पुष्टि भएको हो।

आज जम्मा ५५ जनामा कोभिड परिक्षण गरिएको थियो।

कोरोना कोभिड-१९ लाई जित्त्दै निको हुनेको संख्या बढेसंगै सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। काभ्रेमा आज एकै दिन ६३ जना संक्रमितले कोरोना जितेका छन्।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १५३ जनामा झरेको छ।

बनेपा नगरपालिकामा ४७ जना संक्रमित रहेका छन् भने धुलिखेलमा ३९ जना, पनौतीमा २६, पाँचखालमा ६, नमोबुद्धमा ७, मण्डनदेउपुरमा ३ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै भुम्लुमा गाउँपालिकामा ९, चौँरीदेउरालीमा १, रोशीमा ३, बेथानचोकमा ८, महाभारतमा १ , तेमालमा २ र खानीखोलामा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये ३६ जना विभिन्न अस्पतालमा तथा ११७ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस