नेपाल बन्दको असर काभ्रेमा देखिएन

नौलो समाचार संवाददाता
२०७८ फागुन ४, बुधबार मा प्रकाशित ५९६ पटक पढिएको
नेपाल बन्दको असर काभ्रेमा देखिएन

फागुन ४, काभ्रे। काभ्रेमा नेपाल बन्दको खासै असर छैन। एमसीसीको विरोधमा ६ दलीय गठबन्धनले आज नेपाल बन्दको घोषणा गरे पनि काभ्रेमा सामान्य रुपमा चलिरहेका छन्।

काठमाडौंमा पनि ६ वटा विभिन्न कम्युनिष्ट घटन राजनीतिक दलहरुले आज नेपाल बन्दको असर निकै नै कम परेको छ। अरनिको र बीपी राजमार्गमा सवारी साधन निर्वाध रुपमा चलेका छन् ।

सदरमुकाम धुलिखेलमा बन्दकर्ताहरु एक जना पनि सडकमा देखिँदैनन् । त्यस्तै सुरक्षा कर्मीको उपस्थिति पनि खासै छैन् । बनेपामा पनि बन्दकर्ता देखा परेका छैनन् ।

बन्दको पूर्व सन्ध्यामा ६ दलीय गठबन्धनले हिजो साँझ बनेपामा मसाल जुलुस निकालेको थियो । जुलुसलाई प्रहरीले तिरविर पार्ने कोशिस गरेको थियो ।

एमसीसी आज सदनमा टेबल गर्ने भएपछि त्यसको विरोधमा नेपाल बन्दको घोषणा गरिएको ती दलले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले नेपाल बन्दको आब्हान गरेको हो ।

प्रतिक्रिया दिनुहोस