फागुन १२, काभ्रे। साँगामा बिहानदेखि अवरुद्ध भएको अरनिको राजमार्ग ५ घण्टापछी खुलेको छ।
काभ्रेको साँगामा (बुधबार)गएराती सवारी दुर्घटनामा परेर बनेपा नगरपालिका वडा नं १४ का बिशाल तामाङको मृत्यु भएसंगे मृतकका आफन्तले अरनिको राजमार्गस्थित साँगामा सडक अबरुद्ध गरी प्रदर्शन गरेका थिए।
बिशाल तामाङलाइ ठक्कर दिई भागेको सवारी साधानको पहिचान खुलेपछि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय काभ्रे बनेपाका प्रमुख राजन कोइरालालले जानकारी दिनुभयो।
गएराति बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ६९९९ नम्बरको टिपरले काठमाडौँतर्फ जाँदै गरेको बनेपा नगरपालिका वडा नं १४ का बाइकमा सवार बिशाल तामाङलाई ठक्कर दिएको थियो। ट्रिपरको ठक्करबाट बिशालको मृत्यु भएको थियो ।
बिशालको मृत्युपश्चात उनका आफन्त दुर्घटना गराउने सवारीको पहिचान खुलाउन माग गर्दै आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्गमा अवरुद्ध हुदाँ सयौं यात्रु बिच बाटोमै रोकिएका थिए ।
प्रतिक्रिया दिनुहोस