साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

नौलो समाचार संवाददाता
२०७८ फागुन १२, बिहिबार मा प्रकाशित १००४ पटक पढिएको
साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

फागुन १२, काभ्रे। साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित ‘तृष्णामा अल्झिएको जीवन’ निबन्ध संग्रह र ‘जीवन एक यात्रा अनेक’ कविता संग्रहको लोकार्पण गरिएको छ।

आज (बुधबार) नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि जगमान गुरुङले उक्त निबन्ध र कविता संग्रहको लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले दुबै कृति पठनीय भएको बताउनुभयो । एक प्रसंगमा उहाँले हाम्रो पहिचान भनेको संस्कृति भएको बताउनुभयो। त्यस्तै साहित्यकार ध्रुब मधिकर्मी, साहित्यकार सूर्यप्रसाद लाकोजूले पुस्तकका बारेमा आफ्नो विचार व्यक्त गर्दै पुस्तकहरू पठनीय रहेको बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार ध्रुबनारायण जोन्छेंलाई उहाँको शैक्षिक तथा साहित्यिक कर्मका लागि कदरपत्रबाट सम्मानित गरिएको थियो ।

सो कार्यक्रममा लेखक तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, बटुक कृष्ण, पवन बनेपाली, गीता दाहाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस