मण्डनदेउपुरको रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

नौलो समाचार संवाददाता
२०७८ फागुन १९, बिहिबार मा प्रकाशित ६१७ पटक पढिएको

मण्डनदेउपुरको रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

फागुन १९, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ९ स्थित रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। आज नगर प्रमुख टोक बहादुर वाइबाले एक कार्यक्रमकावीच आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्दै आएको मण्डनदेउपुर नगरपालिकाको उक्त स्वास्थ्य केन्द्रको उद्घाटन भएसँगै सञ्चालनमा आएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख वाइवाले नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिँदै आएको बताउदै नागरिकको स्वास्थ्यप्रति नगरपालिका सधै गम्भीर भएर लाग्ने उल्लेख गर्नुभयो।

उहाँका अनुसार यसअघि नगरपालिकाको वडा नम्बर ६ डुम्रेडाँडामा आधारभुत स्वास्थ्य केन्द्र, वडा नम्बर १२ मा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ र वडा नम्बर १ मा खोप केन्द्र र वडा नम्बर २ बालुवापाटी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चलनमा आईसकेको छ।

यस्तै उहाँले मण्डनदेउपुर नगरपालिकामा नगर प्राथमिक अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस