धनेश्वर पुलदेखि खड्पुसम्म पिच नगरेको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

सहमति नजुटे भोलि फेरी सडक अबरुद्ध गरिने
नौलो समाचार संवाददाता
२०७८ फागुन २१, शनिबार मा प्रकाशित ७७१ पटक पढिएको
धनेश्वर पुलदेखि खड्पुसम्म पिच नगरेको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

फागुन २१, काभ्रे। सडक पिच नगरेको भन्दै स्थानीयले अबरुद्ध बनेपा-पनौती सडक खुलेको छ। धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले अबरुद्ध सडक  पारेका थिए ।

सडक पिच नगरेकाले धुलो उडेर स्थानीय जनतालाई स्वास्थ्यमा समेत असर परेको भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्। स्थानीयले सडक कालोपत्रेको माग गर्दै बिहान ११ बजेदेखि करिब १ घण्टा सडक अवरुद्ध गरेका थिए।

स्थानीयले सम्बन्धित निकायसँग छलफल गर्ने सहमतिमा अबरुद्ध भएको सडक खुलाईएको इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिनुभयो।

उहाँका अनुसार सडक कालोपत्रेका लागि भोलि आईतबार सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेर निष्कर्ष निकाल्ने सहमतिमा स्थानीयले सडकमा यातायात सुचारु गराएका हुन् ।

सरोकारवाला निकायसँग कुनै प्रकारको सहमति नजुटे भोली बिहान ८ बजेदेखि पुनः पनौती–बनेपा सडक अबरुद्ध पारिने स्थानीयले बताएका छन्। बजेट परेर पनि ठेकेदारले काम नगरेको र स्थानीय तहले पनि यसतर्फ कुनै पहलकदमी नदेखेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन्।

मकर मेला अघि पनौती–बनेपा सडक पिच थालेता पनि धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर भाग भने त्यत्तिकै छोडिएको छ । सडक पिच नहुँदा निकै समस्या परेको भन्दै स्थानीय धनेश्वरमा सडक अवरुद्ध पारेका थिए ।

सडक अवरुद्ध हुदाँ यात्रुलाई भने सास्ती भएको थियो ।

प्रतिक्रिया दिनुहोस