बनेपा–पनौती सडकमा आज पनि अवरोध

नौलो समाचार संवाददाता
२०७८ फागुन २२, आईतबार मा प्रकाशित ५७९ पटक पढिएको
बनेपा–पनौती सडकमा आज पनि अवरोध

फागुन २२, काभ्रे। काभ्रेको बनेपा-पनौती सडक आज पनि अवरुद्ध पारिएको छ।

धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले सडक अबरुद्ध पारेका हुन् ।

स्थानीय हिजो पनि सडक अवरुद्ध पारेका थिए । इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले सम्बन्धित पक्षलाई बोलाएर छलफल गर्ने जनाएपछि अवरुद्ध सडक खुलाउन स्थानीय राजी भएका थिए ।

सडक पिच गर्ने सहमति नहुँदासम्म सडक अवरुद्ध कायम गर्न स्थानीयले बताएका छन्।

मकर मेला अघि पनौती–बनेपा सडक पिच थालेता पनि धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर भाग भने त्यत्तिकै छोडिएको छ । सडक पिच नहुँदा निकै समस्या परेको भन्दै स्थानीय धनेश्वरमा सडक अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया दिनुहोस