धुलिखेल अस्पतालमा डिस्चार्ज हुने तयारीमा रहेकी दुई वर्षिया बालिकाको मृत्यु

अस्पताल परिसर दिनभर तनाबग्रस्त
नौलो समाचार संवाददाता
२०७८ फागुन २६, बिहिबार मा प्रकाशित ९४७ पटक पढिएको
धुलिखेल अस्पतालमा डिस्चार्ज हुने तयारीमा रहेकी दुई वर्षिया बालिकाको मृत्यु

फागुन २६, काभ्रे। जिल्लाको धुलिखेल अस्पतालमा दुई वर्षीया बालिकाको मृत्यु भएपछी धुलिखेल अस्पताल दिनभर तनाब ग्रस्त बन्यो।

बनेपा नगरपालिका– ८ की २ बर्षिया बालिकाको उपचारको क्रममा मृत्यु भएपछि हो। अस्पतालको लापर्वाहीका कारण बालिकाको मृत्यु भएको आफन्तहरुले बताएका छन्।

चार दिन अघि झाडापखाला भएर मृतक बालिकालाई अस्पताल भर्ना गरिएको थियो। ति बालिकालाई आज डिस्चार्ज गर्ने तयारी थियो।

अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै उनीहरुले अस्पतालमा तोडफोड समेत गरेका छन्। चिकित्सकले अकास्मात मृत्यु भएको सुनाएपछि आवेगमा आएका पीडित पक्षले अस्पतालको एउटा ढोका तोडफोड गरेका हुन्।

बालिकाको मृत्यु भएपछि पिडीत पक्षले अस्पताल परिसरमा आन्दोलन गर्नसक्ने भन्दै सुरक्षाकर्मीलाई बाक्लो मात्रामा परिचालन गरेको थियो।

अस्पताल प्रशासन र मृतकका आफन्त बिच छलफल भइरहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस