धुलिखेल अस्पताल प्रकरण: छोरीको सम्झनामा वार्षिक १२ जना बिपन्न नागरिकलाई नि:शुल्क उपचार दिलाउने सहमती गरे : मृतकका पिता 

नौलो समाचार संवाददाता
२०७८ फागुन २८, शनिबार मा प्रकाशित ३१२१ पटक पढिएको
धुलिखेल अस्पताल प्रकरण: छोरीको सम्झनामा वार्षिक १२ जना बिपन्न नागरिकलाई नि:शुल्क उपचार दिलाउने सहमती गरे : मृतकका पिता 

फागुन २८, काभ्रे। धुलिखेल अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भनिएकी बनेपा नगरपालिका ८ की २ बर्षिया बालिका आरशु काफ्लेका परिवार र धुलिखेल अस्पतालविच लिखित सहमति भएको छ।

बालिकाको मृत्यु भएको घटनाको छानविन गर्न समिति गठन गर्ने, उपचारमा संलग्न डाक्टरलाई अस्पतालको काममा रोक लगाउने तथा बालिकाको नाममा स्मृति प्रतिष्ठान स्थापना गरी बार्षिक १२ जना बिपन्न नागरिकलाई अस्पतालले पूर्ण रुपमा नि:शुल्क उपचार उपलब्ध गराउने सहमति भएको छ।

छोरीको नाम अमर रहने गरी यो पुन्य कार्य सुरु गरेको मृतक आरशुका पिता हरेराम काफ्लेले बताउनुभएको छ।

बिहिबार मृतकका परिवारसहित अस्पताल प्रशासन, जिल्ला प्रशासनविच प्रहरी कार्यालय काभ्रेमा घटनाका बारेमा छलफल भएको थियो। परिवार र प्रशासनबिच केहि बुदामा सहमती भएपछि परिवारले बालिकाको शव बुझेका थिए। परिवारले शुक्रबार नै बालिकाको अन्तिम दाह संस्कार गरेका छन्।

अस्पताल प्रशासन र परिवारबिच मृतक आरशु काफ्लेको नाममा उपचारकोष स्थापना गर्ने र सोको लागि परिवारले सिफारिस गरेका १२ जना विपन्न नागरिकलाई नि:शुल्क औषधी उपचार परिवारले गर्ने सहमति भएको हो।

बिहिबार बनेपा नगरपालिका ८ की दुई बर्षिया आरसु काफ्लेकोे मृ त्यु भएपछि आफन्तले अस्तपतालको लापरबाहीले मृत्यु भएको बताएका थिए। परिवारले अस्पताललाई आरोप लगाएपछि अस्पताल र जिल्ला प्रशासन परिसरको अवस्था दिनैभर तनाबग्रस्त भएको थियो।

छानविन समितिको प्रतिवेदन प्राप्त नहुन्जेल उपचारमा संलग्न डा.अनिश जोशीलाई अस्पतालका काम कारबाहीमा रोक लगाउने समेत सहमती भएको छ।

यसैबिच अस्पतालले ती बालिकाको उपचारमा खटिएका डा.अनिश जोशीलाई अस्पतालको काम कारवाहीमा संलग्न नहुन निर्देशन दिएको अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकाजुले जानकारी दिए।

मृतकका परिवार र धुलिखेल अस्पतालविच भएको सहमति पत्र :-

प्रतिक्रिया दिनुहोस