रोशी र तेमालका कृषि समुहलाई बोयर जातको बोका वितरण

नौलो समाचार संवाददाता
२०७८ फागुन २८, शनिबार मा प्रकाशित ७३८ पटक पढिएको
रोशी र तेमालका कृषि समुहलाई बोयर जातको बोका वितरण

फागुन २८, काभ्रे। रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको १० वटा कृषि समुहलाई बोयर जातको बोका वितरण गरिएको छ।

रोशी गाउँपालिकाको समन्वय एवं सामुदायिक वचत तथा ऋण सहकारी संस्था र किसान दुई कार्यक्रमको सहयोगमा रोशी गाउँपालिका वडा नं.९ मंगलटारमा आज एक कार्यक्रमका बिच रोशी र तेमाल गाउँपालिकाको कृषि समुहलाई बोयर जातको बोका वितरण गरिएको हो।

बाख्राको नश्ल सुधार तथा बाख्राको पकेट क्षेत्र बिस्तार गर्ने उदेश्यले कृषि समुहहरुलाई बोयर जातको बोका वितरण गरिएको पशुसेवा शाखा प्रमुख रधुनी शाहले जानकारी दिनुभएको छ।

कार्यक्रममा १० वटा कृषि समुहलाई १० वटा बोयर जातको बोका वितरण गरिएको हो। संस्थाका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डि.वि लामा, संस्थाका संयोजक राजेन्द्र अधिकारी, दिपक मैनाली, बुद्धिजिविलगायत स्थानियवासिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस