राष्ट्रिय जनसांकृतिक महासंघ भक्तपुरको अध्यक्षमा गायक कपिल कसपाल निर्वाचित

नौलो समाचार संवाददाता
२०७८ चैत्र १, मंगलबार मा प्रकाशित ८३२ पटक पढिएको

राष्ट्रिय जनसांकृतिक महासंघ भक्तपुरको अध्यक्षमा गायक कपिल कसपाल निर्वाचित

चैत १, भक्तपुर। राष्ट्रिय जनसांकृतिक महासंघ नेपाल भक्तपुरको अध्यक्षमा गायक कपिल कसपाल निर्वाचित हुनुभएको छ।

राष्ट्रिय जनसांकृतिक महासंघ नेपाल भक्तपुरको सोमबार भक्तपुरमा सम्पन्न सातौँ महाअधिबेशनबाट गायक कपिल कसपाल अध्यक्षमा निर्वाचित हुनुभएको हो। अधिबेशनले कपिल कसपालको अध्यक्षतामा अनन्त राई सचिब सहित १२ जनाको कमिटी निर्वाचित गरेको छ।

प्राज्ञ तथा महासंघका केन्द्रिय सदस्य भरत नेपालीको सभापतित्वमा भएको अधिबेशनमा प्रमुख अतिथि महासंघका केन्द्रिय महासचिब प्रेमनाथ अधिकारी, बिशेष अतिथि भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजा, महासंघका उपत्यका इन्चार्ज नारायण भाइ श्रेष्ठ, जन संगीत मन्चका अध्यक्ष माधव प्रधान तथा प्राज्ञ नन्दु उप्रेती लगायतको उपस्थिति रहेको थियो।

कला, साहित्य, सङीत एक बिचार भएको र त्यो बिचारलाई नै पार्टी र देश बिकाशको मेरुदण्ड मानेर यस क्षेत्रमा लागेको कलाकारलाई पार्टीले सम्बर्द्धन गर्नु पर्ने बिचार बक्ताहरुले अधिबेशनमा व्यक्त गर्नुभएको थियो।

कार्यक्रम संचालन निबर्तमान अध्यक्ष दिपेन्द्र मान बनेपालीले गर्नु भएको थियो।


प्रतिक्रिया दिनुहोस