चैत २, काभ्रे। धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष निराजन जङ्गम एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जङ्गम आज नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो।
उहाँलाई कांग्रेस नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गणेश लामा, काभ्रे कांग्रेसका जिल्ला सभापति तिर्थ लामा लगाएका नेता कार्यकर्ताको उपस्थितिमा टिका र खादा लगाएर पार्टी प्रवेश गराईएको हो। जङ्गम नेकपा एमाले काभ्रेका जिल्ला सदस्य समेत रहनुभएको थियो। वडाध्यक्ष जंगम एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको थियो। उहाँ गत पुसमा सकिएको एमालको १० औं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित समेत हुनुभएको थियो।
रोशीमा २ सय जना नेपाली काँग्रेसमा प्रवेश
विभिन्न पार्टी छाडेर रोशी गाउँपालिकामा मात्रै २ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन। नेपाली काँग्रेस बनेपा नगर समितिद्धारा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी, एमाले, माओवादी लगायत पार्टी छाडेर दुई सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
जनता समाजवादी युवा संघका केन्द्रीय उपमहासचिव सुनिल छेवाङ लगायत दुई सय जना काँग्रेस प्रवेश गर्नुभएको छ।
उनीहरुलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सभापति तीर्थ लामा लगायतले उनीहरुलाई सदस्यता दिएर प्रवेश गराउनुभएको हो।
उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य लगायत १ हजार भन्दा बढी बनेपा, पनौती, रोशी, महाभारत, खानीखोला, बेथानचोक, धुलिखेल लगयातका नागरिकहरु काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसका सचिव गुणराज मुक्तानले जानकारी दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस