हिमालय मावि रोशीलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

नौलो समाचार संवाददाता
२०७८ चैत्र ३, बिहिबार मा प्रकाशित ७६७ पटक पढिएको
हिमालय मावि रोशीलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

चैत ३, काभ्रे। रोशी गाउँपालिकामा जारी भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएका छ। “हाम्रो लक्ष्य राष्ट्रको सार, खेलकुद विकास स्वास्थ्य समाजको आधार” भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाले सुभारम्भ गरेको खेलकुद प्रतियोगिता हिजो बुधबार सम्पन्न भएको हो। खेल ३ दिन सम्म लगातार संञ्चालन भएको थियो।

प्रतियोगितामा हिमालय मावि रोशी–६ प्रथम, पञ्चकन्या मावि रोशी–१० द्वितीय र मंगलजनविजय मावि रोशी–९ तृतीय स्थानमा पर्न सफल भएको छ । प्रतियोगिताको व्यवस्थापन रोशी माविले गरेको थियो।

रोशी माध्यमिक विद्यालय कटुन्जेवेशीमा भएको उक्त प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, सटफुट जस्ता विधामा प्रतियोगिता भएकोे शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र सिग्देलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस