विभिन्न आधुनिक सुबिधासहितको ‘मण्डनदेउपुर आधारभूत अस्पताल’ उद्घाटन

अशोक महत
२०७८ चैत्र ४, शुक्रबार मा प्रकाशित ७६७ पटक पढिएको

विभिन्न आधुनिक सुबिधासहितको ‘मण्डनदेउपुर आधारभूत अस्पताल’ उद्घाटन

चैत ४, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ स्थित नौबिसेमा नवनिर्मित मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन गरिएको छ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नव निर्मित अस्पतालको आज उद्घाटन गर्नुभएको हो।

बागमती प्रदेश सरकार र नगरपालिकाको करिब ९ करोड बजेटमा अस्पतालको संरचना निर्माण गरिएको हो। यो अस्पतालमा ५ वटा वेड, ल्याब, एक्स रे, बर्थिङ केन्द्र, फार्मेसी लगायतका सुविधा रहने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो।

अस्पताल सञ्चालनमा आएपछि एक्स-रे का लागि पाँचखाल, धुलिखेल, बनेपासम्म धाउनु पर्ने बाध्यता हट्ने उहाँले जानकारी दिनुभयो। अस्पतालमा नेपाल सरकारले तोकेका सबै निःशुल्क औषधी त्यहि अस्पतालबाट उपलब्ध गराइने जनाईएको छ।

जटिलता युक्त प्रसूति समेत गराउने जनशक्ति यहि अस्पतालमा रहनेछन्। नगरपालिकाले स्वास्थ्य बिमाको प्राथमिक उपचार सबै यहि अस्पतालबाट गर्ने र थप उपचारका लागि मात्रै धुलिखेल अस्पताल पठाउने योजना बनाइरहेको छ।

अस्पतालको उद्घाटन समारोहमा बागमती प्रदेशकी मन्त्री निमा लामा, बागमती प्रदेश सभा सांसद लक्ष्मण लम्साल, नगरप्रमुख टोक बहादुर वाइबा, स्थानीय जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।


प्रतिक्रिया दिनुहोस