अदालतको फैसलापछी फरार रहेका भुम्लुका २ र रोशीका एकजना पक्राउ

नौलो समाचार संवाददाता
२०७८ चैत्र ६, आईतबार मा प्रकाशित ८१० पटक पढिएको
अदालतको फैसलापछी फरार रहेका भुम्लुका २ र रोशीका एकजना पक्राउ

चैत ६, काभ्रे। जिल्ला अदालत काभ्रेको फैसलापछि फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले विभिन्न मुद्दामा फरार रहेका उनिहरुलाई पक्राउ गरेको हो।

सार्वजनिक अपराध मुद्दामा फरार रहेका भुम्लु गाउँपालिका वडा नं ८ का अनिमेश लामालाई प्रहरीले ६ वर्षपछि पक्राउ गर्न सफल भएको हो।

जिल्ला अदालत काभ्रेले २०७२ माघ १० गते सजायको फैसला सुनाएपछि उनी फरार भएका थिए।

यस्तै, बुहविवाहमा फरार रहेका भुम्लु गाउँपालिकाको वडा नं ८ का कान्छाराम माझीलाई प्रहरीले पक्राउ गरेको छ। बहुविवाह मुद्दामा २०७७ पुस ६ गते जिल्ला अदालत काभ्रेले सजायको फैसला गरेको थियो।

यस्तै, बैंकिङ कसूर मुद्दामा फरार रहेका रोशी गाउँपालिका वडा नं ५ का मेख बहादुर लामा पनि पक्राउ परेका छन्।

विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी ३ जनालाई आज पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षकहरि खतिवडाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस